अर्घाखाँची साकाेसकाे १८ अाैं वार्षिक साधारण सभा सम्पन्न (तस्बिर सहित)

Open photo

-हिम लेकाली

सन्धिखर्क – अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि.काे १८ औं वार्षिक साधारण सभा संगम फुड ल्याण्ड सन्धिखर्कमा सम्पन्न भएको छ।
साधारण सभाकाे उद्घघाटन संघिय सांसद बिजुला रायमाझीले पानसमा दिप प्रज्वलन गरि गर्नु भएको छ ।

No description available.1

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उहाँले सहकारि आफ्नै दुख पर्दाकाे साथी भएकाेले सहकारिकाे ईज्जत् जाेगाई राख्न सामुहिक प्रतिबद्धताकाे खाँचाे भएको बताउनु भयाे ।सहकारिका मुल्य मान्यताहरू समाजवाद उन्मुख भएकाे र सहकारि मार्फत अहिले देशमा ठुला ठुला सामाजिक उत्तरदायित्वका कामहरू भएकाे बताउँदै उहाँले आफु यस संस्थाकाे सदस्य भएकाे नाताले पनि सहकारिलाई आफु सक्दाे सहयाेग पर्याउने बिचार ब्यक्त गर्नु भयाे ।

No description available.

संस्थाका अध्यक्ष दाेर्ण प्रसाद भुसालकाे अध्यक्षता र सचिव बिष्णु बस्यालकाे सन्चालनमा सम्पन्न कार्यक्रम मा स्वागत मन्तब्य उपाध्यक्ष बाबुराम शर्मा ले राख्नु भएकाे थियाे ।

No description available.

सभामा अध्यक्ष दाेर्ण प्रसाद भुसालले अध्यक्षकाे प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिकाे तर्फबाट टामलाल पाण्डेयले आर्थिक र काेषाध्यक्षकाे तर्फ बाट जगन्नाथ भुसालले काेष प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

No description available.

images

सभाले सबै प्रतिवेदनहरू र सम्पत्ती सुद्धिकरण निवारण कार्यबिधि २०८० , संरक्षण पूजी फिर्ता काेष बितरण कार्यबिधि , घातक राेग बाट ग्रसित दुर्घटनामा परि घाईते भएका तथा मृत्यु भएका सेयर सदस्य हरूका लागि राहत रकम बितरण कार्यविधि २०८० समेत अनुमाेदन गरेकाे छ । यसै गरि साधारण सभाले लेखा परिक्षकमा नवीन बन्जाडेलाई नियुक्ति गरेकाे छ ।

No description available.

images

सभामा सेयर सदस्य जेष्ठ नागरिक रामजी प्रसाद भुसाल ,तिलक महाेत्रा , बिष्णु प्रसाद उपाध्याय ,दल बहादुर के.सि . लाई सम्मान पत्र सहित नगद तथा दाेसल्ला अाेडायर सम्मान गरिएको छ । भने बर्ष २०७९ मा see तर्फ उत्कृष्ट अङ्क प्राप्त गर्ने सेयर धनिका सन्तति हरूलाई यस बर्ष पनि पुरस्कृत गरिएकाे छ ।

No description available.

images

यसरी पुरस्कृत हुनेहरूमा सरकारि विद्यालय त्रफ नन्दराम भट्टराईका सुपुत्र निर्मल भट्टराई र कमला अधिकारिकि सुपुत्री श्रृष्टि अधिकारी र संस्थागत बिद्यालय त्रफ गाेबिन्द गैरेका छाेरा अभिषेक गैरे र लिलाधर बस्याल सुपुत्री प्रियन्का भुसाल रहेकाछन् ।

No description available.1

उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका सहकारि शाखा प्रमुख बाल बहादुर जि.सि. जिल्ला बचत संघ उपाध्यक्ष पार्वता भुसाल सहभागिबाट सेयर सदस्य ईश्वरा पाेख्रेल , नेत्र प्रसाद भुसालले मन्तब्य प्रकट गर्नु भएको थियाे ।

1

Nepal life insurance

अर्घाखाँचीमा पुरानाे सहकारीकाे रूपमा चिनीएकाे यस संस्थाले अहिले सेयर सदस्यहरूबाट मासिक बचत जम्मा गरि सदस्यहरू लाई सस्ताे ब्याजमा ऋण प्रभाह गर्दै आएकाे छ भने सेयर सदस्यका सन्ततीहरूलाई पुरस्कृत ,जेष्ठ नागरिकलाई सम्मान ,कर्मचारीकाे बृत्तिविकासका लागि तालिम सन्चालन , दिवंगत शेयर सदस्यका परिबारलाई राहत बितरण ,लुम्बिनी विशिष्टीकृत सहकारि सदस्यता ग्रहण लगायतका समाजिक उत्तरदायित्वका कार्यक्रमहरू सन्चालन गर्दै अाएकाे छ ।

हाल यस सहकारि संस्थामा सेयर सदस्य संख्या ६९५ रहेकाे छ भने कुल बचत संकलन रू . ७८११२००५/- र कुल चुक्ता सेयर पुँजी रू. ९०३५०००/- रहेकाे बार्षिक प्रतिबेदनमा उल्लेख गरिएकाे छ ।

111Open photo