गौतमबुद्धले सिकाएको त्याग शीर्ष नेताहरुले सिक्नुपर्छ -उग्र महत्त्वकांक्षा ,आचरण नसुधारे कांग्रेस पार्टी परिवर्तन नहुने: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भगवान् गौतमबुद्धले सिकाएको त्यागलाई अनुशरण गर्दै शीर्ष नेताहरुले पनि त्याग गर्न सक्नुपर्ने बताए । 

Open photo

बुटवल – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे सम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए ।

shekhar-koirala-2080-08-16.jpg1

युवालाई बिदेश पलायन हुनबाट रोक्न नसके देश थप धरासायी हुने कोइरालाको भनाई थियो । “दैनिक लस्कर लागेर युवा बिदेशिएकोमा हामी कसैलाई चिन्ता छैन ।

केवल स्वार्थ केन्द्रीत राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ?” कोइरालाले भने । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले अब कुनैपनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए । कोइरालाले कांग्रेस एक ढिक्का हुन नेताहरुले दम्भ छाड्नुपर्ने बताए ।

111Open photo