
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताविरूद्ध अदालतले ३५ दिने सूचना जारी गरेको छ।


काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

हेमन्त प्रकाश ओलीसमेतलाई प्रतिवादी बनाएर २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो। २०८० मंसिर १० गते अदालतले प्रतिवादीहरु विप्लवसहितका विरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश गरेको थियो।
यो सूचना जारी भएको मितिले बाटाको म्यादबाहेक ३५ दिनभित्रमा आफूसँग भएका प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ। म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम अगाडी बढाउने र पछि उजुरबाजुर नलाग्ने सूचनामा उल्लेख छ।








