
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज (शनिबार) गण्डकी प्रदेश सकेर बागमती प्रदेश गर्दैछ ।
गए राति गोरखामा बास बसेको टोली शनिबार बिहान धादिङ प्रवेश गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘गए राति गण्डकी प्रदेशको गोरखामा बसेका थियौँ’, उनले भने, ‘आज बिहान सल्यानटारमा खाना खाएर हामी धादिङ प्रवेश गर्नेछौँ ।’



एमालेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ । मंसिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा शुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ ।- एन पि








