ओखलढुंगामा पहिचानवादीद्वारा एमालेको स्वागतद्वारमा आगजनी, ८ जना पक्राउ

Open photo

विराटनगर  नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।

एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

1

ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

संकल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर आउने कार्यक्रम छ ।

1

सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आव्हानसमेत गरेका छन् ।

111Open photo