अन्मिनको म्याद नथप्ने निर्णय विरुद्ध माओवादी सर्वोच्च अदालत जाने

संचारमाध्यमहरुले जनाए अनुसार  शान्ति प्रक्रिया, खासगरी, माओवादी लडाकू र नेपाली सेनाको अनुगमन गर्न स्थापित राष्ट्रसंघीय निकाय अन्मिनको म्याद नथप्ने सरकारी निर्णय विरुद्ध कानुनी उपचार खोज्ने विषयमाथि माओवादीभित्र छलफल शुरु भएको छ।

अन्मिनको म्याद अन्तिम पटक थप्ने भनेर चार महिना अगाडि आफैंले गरेको सहमति विपरित उसको म्याद पुन थप्नुपर्ने अनुरोध सहित राष्ट्रसंघलाई माओवादीले केही दिन अगाडि एकपक्षीय पत्र लेखेको थियो।


कानुनी उपचार


सोही कसरतको क्रममा आईतबार बसेको माओवादी स्थायी समितिको बैठकमा अन्मिनको म्याद थप्न जरुरी नभएको भन्ने सरकारी निर्णयविरुद्ध कानुनी उपचार खोज्ने विषयमा छलफल गरिएको थियो।