हाल जारी राजनीतिक गतिरोध लम्बिदै गएमा राष्ट्रपतिले कार्यकारी अधिकार लिन सक्ने उपराष्ट्रपतिको चेतावनी

उपराष्ट्रपति परमानन्द झाले अहिलेको अवस्था थप विग्रिन गएमा राष्ट्रपतिले जिम्मेवारी लिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।


संचारमाध्यमहरुले जनाए अनुसार  हाल जारी राजनीतिक गतिरोध लम्बिदै गएमा राष्ट्रपतिले कार्यकारी अधिकार लिन सक्ने उपराष्ट्रपति परमानन्द झाले बताएका छन्।


सरकार सञ्चालन गर्ने दलहरुले आफु असफल भएको स्वीकार गरे भने राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपतिको भूमिका स्वत: आउने झाको भनाइ थियो।


छ महिनासम्म पनि नयाँ प्रधानमन्त्रीको चयन हुन नसकेको एवं निर्धारित अवधिमा संविधान बन्ने र शान्ति प्रक्रिया पुरा हुने संभावना नदेखिंदा गंभीर राजनीतिक संकटको आशंका बढेका बेला राष्ट्रपतिको संभावित भूमिकाका बारे उपराष्ट्रपति परमानन्द झाले मुख खोलेका हुन्।


सोमबार रिपोर्टर्स क्लब नेपालको पहलमा उनकै कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै उपराष्ट्रपति झाले भने,