काठमाडौं – प्राप्त समाचार अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालको परिमार्जित राजनीतिक प्रतिवेदनप्रति उपाध्यक्ष बाबुराम भट्टराईले लिखितरुपमै अहमति जनाएका छन् ।
मंगलबारको केन्द्रीय समिति बैठकमा भट्टराईले अर्का उपाध्यक्ष मोहन वैद्यको प्रस्तावलाई मिलाएर दाहालले तयार गरेको प्रतिवेदनप्रति असहमति जनाएका हुन् । असहमतिपत्रमा तत्काल जनविद्रोहको कुरा छाडेर शान्ति र संविधानलाई केन्द्रविन्दु बनाएर अघि बढ्नुपर्ने, भारतलाई प्रधान अन्तरविरोध बनाउने समय नभएको उल्लेख गरेका छन् । दाहालले सोमबारको बैठकमा परिमार्जित प्रतिवेदन पढेर सुझाव मागेपछि भट्टराईले लिखितरुपमै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।
दाहालको प्रतिवेदनप्रति केन्द्रीय सदस्यहरुले बोल्नेक्रम भने मंगलबार सकिएको छ । माओवादी केन्द्रीय समिति बैठक बुधबार पनि जारी रहने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।



