शेखर–गगन समूहको निष्कर्ष : राष्ट्रिय सभामा चार सिट नछाड्ने, नदिए आफ्नै बटमलाइनमा अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नेतृत्वको समूहले राष्ट्रिय सभामा चार सिट नमिलेसम्म सहमति नगर्ने भएको छ।

1

आइतबार विशालनगरमा महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङसहितको उपस्थितिमा बसेको शेखर समूहको बैठकले ४ सिटको बटमलाइनबाट दायाँबायाँ नहुने निष्नर्ष निकालेको हो।

शेखर समूहको निष्कर्ष : राष्ट्रिय सभामा चार सिट नछाड्ने, नदिए आफ्नै बटमलाइनमा अघि बढ्ने1

यो समूहको बैठकमा सहभागी एकजना नेता बलबहादुर केसीका अनुसार पार्टी पदाधिकारी बैठकमा त्यही कुरा राख्ने गरी विशालनगर बैठक सकिएको हो।

शेखर समूहले चार सिटबाट दायाँबायाँ नहुने अडान राखेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्न सकेको छैन। अहिले कांग्रेसका पदाधिकारीहरू छलफलमै छन्।

 

1