प्रेम दिवसको पुर्व संध्यमा कण्डम बक्सको स्थापना (तस्बिर सहित)

spot_img

-सागर परियार,अर्घाखाची । 

सन्धिखर्क – फागुन १ अर्थात आज अन्तराष्ट्रिय  कण्डम दिवसको अवसरमा सन्धिखर्कको शान्ति बगैंचा चोक र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ ।

May be an image of 5 people and text

कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम बक्स राखेर मनाउन थालिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली जानकारीदिए ।

May be an image of 6 people, hospital and text

प्रेम दिवसको पुर्वसन्ध्यामा सन्धिखर्क नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची, मल्लरानी सरोकार ग्रामिण विकासकेन्द्र, सन्देश सहयोग समुह र भिजिवल इमप्याक्टको संयुक्त आयोजनामा सन्धिखर्कमा कण्डम दिवस मनाइएको हो ।

May be an image of 4 people and text

कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य संयोजक पुर्ण प्रसाद पराजुली, सह संयोजक प्रकाश परियार, जिल्ला स्वास्थ्य कार्यालयका एच.आई.भि फोकल प्रसन विजय विक, जिल्ला अस्पताल बाट एआटि काउन्शिलर हरि पाण्डे, सन्देश सहयोग समुहका अध्यक्ष अर्जुन साह,सचिव किरण

May be an image of 6 people and text

केसी,कार्यक्रम अधिकृत पर्वता थापा केसी, सि एच विसी, टिम लिडर सागर घिमिरे, मल्लरानी गा्रमिण परियोजनाका गिता भुसाल,भिजिवल इम्याक्टका युथ च्याम्पिीयन सागर परियार लगायत पत्रकार,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

images

May be an image of text

सन् २०१७ को अन्त्य सम्मको तथ्यांकअनुसार संंसारभर ३ करोड ६९ लाखव्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ ।

images

May be an image of text

नेपालमा ३२ हजार २० जनामा एचआईभी संंक्रमण रहेको हुन सक्ने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अनुमान छ ।

images

May be an image of text

झण्डै ७७ प्रतिशत एचआईभी संक्रमण कण्डम विना गरिने यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको केन्द्रको दाबी छ ।