भ्रष्टाचारीलाई कारवाही नभएसम्म मुलुकमा सुशासन कायम हुँदैन : मन्त्री किराँती

spot_img

सुनसरी । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारीलाई कारवाही नभएसम्म मुलुकमा सुशासन कायम नहुने बताएका छन्।

धरान एक्स्पो २०८० को उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले भ्रष्टाचारीहरुलाई कारवाही भएमा कमजोर बनेको अर्थतन्त्र सहि दिशामा आउने दाबी गरे ।

वर्तमान गठबन्धनले पूर्णकार्यकालसम्म सरकार सञ्चालन गर्ने बताउँदै मन्त्री किराँतीले २०८४ को निर्वाचनमा समेत तालमेल गरिने बताए।  मन्त्री किराँतीले निर्वाचनमा कुनैपनी दलले बहुमत ल्याउने अवस्था नभएकोले वर्तमान गठबन्धन कायमै रहने जिकिर गरे।