पाणिनिमा टेलिफोन पहुँच भन्दा वाहिर कयौँ वस्ति रहेको गुनासो, पोखराथोकका एकै गाँउमै १०० वढी घरधुरी प्रभावकारी सेवावाट वन्जित (तस्बिर सहित)

spot_img

-डिआरजी सुमन ,अर्घाखाँची डटकम् ।

अर्घाखाँची । दुर्गाफाँट, अर्घाखाँचीको ऐतिहासिक पर्यटकीय गन्तव्य अर्थात् देशकै सय पर्यटकीय स्थल मध्येको एक महत्वपूर्ण स्थान पाणिनि तपोभूमि निकटतम क्षेत्रमा नियमित टेलीफोन सेवामा समस्या देखिदै गर्दा आन्तरिक तथा वाह्य पर्यटकलाई पनि प्रत्यक्ष असर परेको पाईएको छ ।

May be an image of fog, horizon and mountain

पाणिनि गाँउ पालिका भर टेलीफोन सेवाको अवस्था वारे गाँउ पालिका प्रवक्ता गुनाखर अधिकारीले अर्घाखाँची डटकम सँगको रिपोर्टिंगमा वताए वमोजिम “पाणिनिमा प्रायः जसो ठ्क्कै नेटवर्क नट्प्ने स्थान कमै भएता पनि प्रभावकारी नेटवर्कमा समस्या धेरै स्थानमा रहेको छ । पाणिनि गाँउ पालिकाभर टेलीफोन सेवा मजवुत वनाउनको लागी मौजूदा टावरको अतिरिक्त थप ५ स्थानमा टेलीफोन टावर राख्न सकेको खण्डमा पाणिनिमा टेलीफोन समस्या पुर्ण रुपमा समाधान हुने वताउनु भएको छ ।

May be an image of mountain, fog and horizon

पाणिनि गाँउ पालिका वडा नं ४ पटौटी को साविक १, २ , ३, ७, ८ , ९ अन्तर्गत वडा कार्यालय, मालिका मन्दिर , सिम्लेचौर लगायतका क्षेत्रमा टेलीफोन सेवाले प्रभावकारी कार्य नगरेको पाणीनी ४ का वडा अध्यक्ष हरि प्रसाद घिमिरेले वताउनु भएको छ ।

May be an image of mountain

पाणिनि गाँउ पालिका वडा नं ७ स्थित वाहखोला, तुल्सीदीप , हर्राथरी मा टेलीफोन सेवामा समस्या देखीएको पाणिनी ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले वताउनु भएको छ । पाणिनि गाँउ पालिका वडा नं ६ को चिउरी नेटा, ठुलार , न्युखर्क, वाढुंगा, चिदेरी र जुखुदिमा पनि समस्या देखीएको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले वताउनु भएको छ ।

May be an image of mountain

पाणिनि गाँउ पालिका वडा नं २, रजौँसा मा झण्डै १०० घरधुरी टेलीफोन सेवाको पहुँच देखी टाढा रहेको पाईएको छ । पाणिनि गाँउ पालिका वडा नं २ को रजौसामा ४१, वसेरीमा १०, पातलमा २२ र सिम्लेमा १५ घरधुरीमा प्रत्यक्ष सेवा वाट वन्जित भएको पाणिनि गाँउ पालिका पु्र्व अध्यक्ष अच्युत गौतमले वताउनु भएको छ । पाणिनि ३ को दांजा,सुनटीकी फाँट क्षेत्रमा पनि सहज टेलीफोन सेवा प्रवाह नभएको समाजसेवी वसन्त केसीले वताउनु भएको छ ।

images

May be an image of mountain and fog

पाणिनि गाँउ पालिका वडा नं २ को दक्षिणी क्षेत्र अन्तर्गत सालझण्डी – ढोर पाटक सड़क खण्ड अन्तर्गत पर्ने पोखराथोकको उक्त भूगोलमा सड़क संजाल जोडिएको भएता पनि टेलीफोन सेवा प्रवाहमा प्रत्यक्ष समस्या भएको तथा टेलीफोन नेटवर्क को समस्या कै कारण विद्यालय का नियमित कामकाजमा प्रत्यक्ष समस्या रहेको तथा विद्यार्थिहरुको अनलाईन पढ़ाईमा समेत असर परेको साथै स्थानीय क्षेत्रवाट शहर तथा वैदेशिक रोज़गार पुगेका नागरीहरुले आफ्नो घर परिवारसँग सहजताका साथ सम्पर्कमा रहन समस्या रहेको स्थानीय बासी तथा शिक्षक लक्ष्मण गौतमले अर्घाखाँची डटकमसँग वताउनु भएको छ ।

images

May be an image of mountain, fog and horizon

तस्वीर : डिआरजी सुमन,दुर्गाफाँट अर्घाखाँची डटकम् ।

images

May be an image of fog, mountain and horizon