भ्रष्टाचार मुद्दा दर्ता भएपछि पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद निलम्बित

spot_img

कपिलवस्तु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकीप्रसाद यादव निलम्बित भएका छन् ।यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । लुम्बिनी प्रदेश सभाले सूचना जारी गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि यादवलाई निलम्बित गरिएको जानकारी दिएको छ । यादवसहित कपिलवस्तुका ८ वन अधिकृतसहित १९ जनाविरुद्ध कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमार्फत अनुमति लिएभन्दा बढी काठ कटान गरेर बेची भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको हो ।

राप्रपाबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को २ मा निर्वाचित सांसद यादव यसअघि यातायात मन्त्री बनेका थिए । उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएर भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७४र०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले जनाएको छ। तत्कालीन समयमा यादव गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष थिए ।