राजनैतिक सहमतिको सरकार बनाउने म्याद सकिन एक दिन बाँकी छदा पनि दलहरुबीच अझै ठोस सहमति हुन सकेन

सहमतीय सरकार गठन गर्न विफल देखिएका प्रमुख दलहरुले बहुमतीय प्रणालीमा प्रधानमन्त्री चुनावको नियम भने संशोधन गर्न सहमत भएका छन्।


 

राष्ट्रपतिले राजनैतिक सहमतिको सरकार बनाउन दलहरुलाई थपिदिएको म्याद सकिन दुई दिन बाँकी छदा त्यसबारे ठोस सहमति भएको छैन, तर प्रधानमन्त्रीको आगामी चुनावलाई परिणामविहीन हुन नदिने नयाँ नियमका विषयमा भने सहमति जुटेको छ।

नयाँ नियममा मैदानमा एकमात्र उम्मेदवार भएपनि विश्वासको मत लिनु पर्ने र दुई भन्दा बढी उम्मेदवारहरु भएमा बढीमा तीन पटकसम्म चुनाव गर्ने ब्यवस्था गरिएको छ।


नयाँ नियमलाई ब्यवस्थापिका-संसदले मंगलबार पारित गर्ने अपेक्षा गरिएको छ।


राष्ट्रपतिले दलहरुलाई सहमतिको सरकार बनाउन थपिदिएको पाँच दिनको म्याद बुधबार सकिंनै लाग्दा पनि सहमतीय सरकार बन्ने भरपर्दो लक्षण देखिएको छैन।