












काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले गल्ती सच्याएर स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । शुक्रबार साँझ सार्वजनिक भएको बीबीएस दोस्रो वर्षको ‘म्याक्रोइकोनोमिक्स फर बिजिनेस’ विषयको परीक्षा तालिका मितिमा त्रुटि भेटिएपछि अर्को तालिका सार्वजनिक गरेको हो ।
















