पँधेरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको घाँटी रेटेर हत्या

spot_img

पाल्पा। पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो।

मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्।

१५ वर्षीया बालिकाको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या « News of Nepal

दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको स्थानीयले बताए ।

रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन्। उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।  स्थानीयले युवतीको बीभत्स हत्याको तत्काल छानविन गरि अपराधीलाई कारबाहीको माग गरेका छन् ।