खड्कालाई इलाम र सिंहलाई बझाङमा उम्मेदवार बनाउने कांग्रेसको निर्णय

spot_img

काठमाडौँ- नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम-२ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिए । दुवै सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । नेम्वाङको निधनपछि इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो ।

आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले दुवैबारे औपचारिक निर्णय गर्ने ती नेताले बताए । उम्मेदवार चयनमा कांग्रेसको संस्थापनइतर समूहले भने असहमति जनाएको छ ।

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"