काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप गरेको छ । नेपाली कांग्रेसका कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री शाहले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने क्रम चलेको छ ।