एमालेका पाँचथर इलाका अध्यक्ष तथा पूर्व गाविस उपाध्यक्ष अज्ञात समूहद्वारा अपहरण

पाँचथर – नेकपा एमालेको पाँचथर ९ नं. इलाका अध्यक्ष तथा ओलने गाविसका पूर्व उपाध्यक्ष धनकुमार साँवालाई गएराति अज्ञात समूहले अपहरण गरेको छ ।

प्रहरीका अनुसार उनलाई ७/८ जनाको समूहमा आएका हतियारधारीले राति १० बजे घरबाटै अपहरण गरी लगेका थिए । साँवालाई डोरीले बाधेर जिपमा हालेर लगेको बताइएको छ । उनी बिहान ४ बजे अपहरणकारीबाट फुत्केर टेलिफोन सम्पर्कमा आए पनि उनको अवस्था अज्ञात छ । अपहरणको आशंकामा प्रहरीले रविका सुवास आङदेम्बेलाई पक्राउ गरेको छ ।