दुर्घटनामा पर्न लागेको देशलाई कांग्रेस–एमाले एक ठाउँ उभिएर निकास दिऊ : डा. कोइराला

spot_img

दाङ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा डा. शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् ।

आज (बिहीबार) दाङको घोराहीमा आयोजित नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिने दावी गरे ।

‘मैले देश बचाउन संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नु पर्छ भनेर भन्दै आएको हुँ,’ कोइरालाले भने, ‘राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।’ राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निरासा छाएको कोइरालाले बताएका छन् । नेताहरूले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दुःखेसो उनले गरे ।

– एनपि

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"