प्रधानमन्त्री निर्वाचनका लागि आज पुनः माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस रामचन्द्र पौडेल र एमाले झलनाथ खनालद्वारा उम्मेदवारी दिंदै

काठमाडौ – समाचार विवरण अनुसार प्रधानमन्त्री निर्वाचनका लागि संसदमा बुधबार प्रमुख तीन दलका शिर्षनेताले पुनः उम्मेरी दिंदैछ्न् ।  सहमतीय सरकार निर्माणको प्रयास विफल भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले फेरी प्रतिस्पर्धा उत्रिन लागेका हुन् ।

माओवादी एमालेको मंगलबार बसेको बैठकले दाहाल, खनाललाई उम्मेदवार बनाउने निर्णय गरेका छभने कांग्रेसले औपचारिक निर्णय नगरे पनि पौडेलको उम्मेदवार बनाउने करिब निश्चित छ ।

यसअघिको १६ औ पटकको चुनावबाट पनि परिणाम ननिस्कएपछि प्रधानमन्त्री निर्वाचनको नया प्रक्रिया शुरु भएको हो । प्रधानमन्त्रीको उम्मेदवारी दर्ता बधुबार बिहान ११ बजेदेखि  अपरान्ह ४ बजेसम्म समय तोकिएको छ ।  साढे ४ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

उम्मेदवार कस्ता छन्:

पुष्पकमल दाहाल

अध्यक्ष, माओवादी

पुष्पकमल दाहाल १० बर्षम्म माओवादी बिद्रोह हाँकेका नेता हुन् । वक्त कला भएका तथा समय र परिस्थिति अनुसार तत्काल आफूलाई बदल्न सक्ने नेताका रुपमा चिनिन्छ । बेलाबेला नयाँ नयाँ मुद्दा ठाएर सबभन्दा बढी चर्चामा आउने नेता हुन् । संविधान सभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलको रुपमा उदाएपछि उनी माओवादी नेतृत्वको नौ महिने सरकारका प्रधानमन्त्री भइसकेका छन् । तत्कालिन प्रधान सेनापति रुकमांगत कटवाललाई हटाउने बिषय विवाद भएपछि उनले आफै सरकार छाडेका थिए । यसअघिको प्रधानमन्त्री चुनावमा उनी छैठौ चरणसम्म प्रतिस्पर्धामा थिए । आफ्नो पक्षमा बहुमत नआएपछि उनले मैदान छाडेका थिए ।

रामचन्द्र पौडेल

नेता काग्रेस संसदीय दल

काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल व्यवहार र शैली रुखो भएपनि पटक पटक लाभको पदमा रहँदा उनी विवादमा परेका छैनन् । यसअघि सभामुख, उपप्रधानमन्त्री सहति पटक पटक मन्त्री भइसकेका व्यक्ति हुन् । संसदीय दलको नेताको हैसियतमा उनले यसअघिको प्रधानमन्त्री चुनावमा उम्मेवारी दिएपनि १६ चरणसम्म पनि बहुमत नल्याएपछि उम्मेवारी फिर्ता लिएका थिए ।

काग्रेसी नेताहरुका अनुसार उनी आफूलाई सर्वज्ञ छु भन्ने ठान्छन् । तर उनी कुनै पनि विषयलाई तार्किक ढंग निस्कर्ष पुर्‍याउन सक्दैनन् । उनको काम गर्ने शैली सनातनी प्रकृतिको छ । ‘पपुलर पोलिटिक्स’ गर्ने पारामा लागेका छन् । लोक रिझाउने व्यवहार गर्नैपर्छ भन्ने मान्यता राख्छन् । उनको काम गर्ने मानिसप्रति विश्वास कम हुन्छ ।

झलनाथ खनाल

अध्यक्ष, एमाले

एमाले अध्यक्ष खनाल पार्टी भित्र व्यावहारिक होइन सैद्घान्तिक नेताको रुपमा बढी चिनिन्छन् । उनको बोली र काम गर्ने शैली नरम छ । तर उनलाई कतिपयले अडान नभएका नेताको रुपमा पनि चित्रण गर्छन् । तत्कालिन माले र  संविधान सभाको चुनावमापछि माधवकुमार नेपालले राजिनामा दिएपछि गरी  उनी दुई पटक पार्टीको महासचिव र दुई बर्षअघिको बुटवल महाधिवेशनबाट अध्यक्ष बनेका हुन् । उनी यसअघि मन्त्री भइसकेका छन् । पछिल्लो समयमा  उनले राष्ट्रिय सहमतिको पक्षमा निरन्तर अडान लिए । तर सहमति नजुटेपछि आफै बहुमतीय सरकारको बनाउनुपर्ने निष्कर्षमा पुगे । यसअघिको प्रधानमन्त्री निर्वाचनममा दुई तिहाईको समर्थन नजुटेपछि उनले उम्मेवारी फिर्ता लिएका थिए ।