नेपाली काङ्ग्रेस मालारानिद्वारा गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण (तस्बिर सहित)

spot_img

-रुद्रमणि भुसाल ।

मालारानी ,अर्घाखाँची। नेपाली काङ्ग्रेस मालारानिले गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानको नेतृत्वमा गई मालारानी गाउँपालिकालाई ध्यानाकर्षण गराएको हो ।

May be an image of 8 people

गाउपालिकाबाट गर्ने शिक्षक दरबन्दी मिलान, पालिकाभित्र वितरण हुने टिन वितरण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनोटमा लगायतका विषयमा पालिकाबाट प्रवाह हुने विकास निर्माणका काममा एकलौटी रुपमा एमालेकरण गरिएको भन्दै काङ्ग्रेस मालारानिले ध्यानाकर्षण गराएको पालिका सभापति शोभाखर खनालले बताउनुभयो ।

May be an image of 5 people, people studying and lighting

त्यस्तै पालिकाबाट सञ्चालन हुने आयाअर्जन, क्षमता विकास तालिम, योजनाहरुको उपभोक्ता समिति गठन, विद्यालय समायोजन, अनुदानका सामाग्री वितरण लगायतका कार्यक्रममा वडा अध्यक्षहरुले खोजी खोजि आफ्नै कार्यकर्ताहरुलाई मात्र प्रदान गरिएकोमा तत्काल त्यस्तो प्रवृत्ती नसच्याए नेपाली काङ्ग्रेस मालारानी गाउँपालिका थप संघर्षका कार्यक्रम ल्याउन पनि पछि नपर्ने सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानको भनाई रहेको छ ।

May be an image of 2 people

गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले आरोप लगाएका सबै कुरा सत्य नभई विगतका दिनमा भएका केही कमोकमजोरिहरुलाई आगामी दिनमा सच्याएर अगाडी बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । उहाँले हरेक विकास निर्माणका काममा सुशासन र पारदर्शिता ल्याउनका लागि आफुले पहल गरिरहेको बताउनुभयो।

May be an image of 5 people and people smiling

images

यस्तै गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेलले हरेक योजनाको भुक्तानी गर्दा योजना सम्पन्न भए नभएको आफैले अनुगमन गरेर मात्र हुने गरेको बताउनुभयो । ध्यानाकर्षण गराउन महिला नेतृ शान्ता खनाल, वडा नम्वर १ देखि ८ सम्मका वडा सभापति लगायत नेता कार्यकर्ताहरु गाउपालिकाको कार्यालयमा पुगेका थिए ।

May be an image of 8 people

images

साथै उनिहरुले आ आफ्ना वडामा भएका विकास निर्माणका बारेमा समस्या प्रस्तुत गरेका थिए ।

May be an image of 6 people and people studying

images

कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत चेतनारायण कडेल, शिक्षा शाखा प्रमुख रमेश पन्थी र प्राविधिक शाखाका प्रमुख हरि पाण्डेले गुनासा, सुझावलाई समेटेर अघि बढ्ने बताएका थिए ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"

 

Nepal life insurance