सन्त नेता कृष्णप्रसाद भट्टराई किसुनजीको भोलि आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने


काठमाडौं  – नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

उनको शव शनिबार ललितपुरको बाँडेगाउँस्थित सरकारी निवासमा राखिने छ । आइतबार बिहान ८ बजेदेखि १२ बजेसम्म दशरथ रंगशालामा भट्टराईको शव राखिने छ । १२ बजेपछि शव