नेपाल राष्ट्रिय शोकमा: भट्टराइको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको- – – -,कांग्रेस १३ दिनसम्म शोकमा


 

 

– पूर्व प्रधानमन्त्री भट्टराईको निधनको शोकमा सरकारले हिजो सार्वजनिक विदा दिएको थियो । भट्टराइको शोकमा नेपालको राष्ट्रिय झण्डा ३ दिनसम्म आधा झुकाइएको छ । नेपाली कांग्रेसले भने १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगरी शोक मनाउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघले पनि तत्कालीन नेपाल पत्रकार संघका सभापति भएकालेे शोकमा तीनदिन कार्यालय बन्द गरेको छ ।

 

 


Condolence--and-Rally

 

काठमाडौ – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानकासाथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भट्टराईको शनिबार राति ८६ वर्षको उमेरमा निधन भएको थियो ।

 

 

 

भट्टराईको पार्थिव शरीरमा साइँला दाइ गोपालप्रसाद भट्टराईका छोरा प्रमोदले दागबत्ती दिए । दागबत्तीअघि आर्यघाटमा प्रधानमन्त्री झलनाथ खनाल, सभामुख सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरु, कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेताहरुले अन्तिम श्रद्धान्जली अर्पण गरे । आर्यघाटमा विभिन्न दलका शीर्ष नेताहरुसहित, पूर्व मन्त्री, सभासद्, कांग्रेस कार्यकर्ता र हजारौं सर्वसाधारणको उपस्थिति थियो ।

 


 

आर्यघाटमा नेपाली सेनाको एक टुकडीले स्वर्गिय भट्टराईप्रति अन्तिम सलामी दियो । आर्यघाटमा पुर्‍याउनुअघि दशरथ रंगशालाबाट हजारौंको शवयात्रा सुरु भएको थियो ।

 

The body of Nepalese former prime minister Bhattarai ...

 

अपरान्ह २ बजे रंगशालाबाट सुरु भएको शवयात्रा वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक, डिल्लीबजार, मैतिदेवी, नयाँ बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

 


 

शव यात्रालाई नेपाली सेना र प्रहरीको गाडीले स्कर्टिङ गरेको थियो । कांग्रेस नेता, कायकर्ता तथा हजारौं सर्वसाधारण शवयात्रामा सहभागी भए ।

 


 

शुक्रबार राति ११ बजेर २६ मिनेटमा नर्भिक अस्पतालमा भट्टराईको निधन भएको थियो । शनिबार दिनभर उनको पार्थिव शरीर बाँडेगाउँस्थित निवासमा राखिएको थियो ।

 


 

आइतबार बिहान भने कांग्रेस केन्द्रीय कार्यालयमा केहीबेर राखेपछि भट्टराईको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि दशरथ रंगशाला लगिएको थियो ।

 

Nepals President Yadav pays his last respects ...

 

रंगशालामा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, माओवादी अध्यक्ष  पुष्पकमल दाहाललगायतका नेताहरु, विदेशी कुटनीतिज्ञहरु, उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका अधिकारीहरुले श्रद्धान्जलि व्यक्त गरे । हजारौं सर्वसाधारण पनि श्रद्धान्जलि दिन रंगशाला पुगेका थिए ।