बेलायतका अन्तर्राष्ट्रिय विकास मामिला सम्बन्धि राज्य मन्त्री चार दिने भ्रमणका लागि काठमाडौमा

काठमाडौ – बेलायतका अन्तर्राष्ट्रिय विकास मामिला सम्बन्धि राज्य मन्त्री एलन डनकन चार दिने भ्रमणका लागि सोमबार नेपाल आइपुगेका छन् । डनकनले नेपाल बसाइका क्रममा राष्ट्रपति रामबरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै उनले नेपालका लागि अन्तर्राष्ट्रिय विकास नियोगको कार्ययोजना सार्वजनिक गर्ने नियोगले जनाएको छ । सन्  २०१० को मेमा राज्यमन्त्री बनेयता डनकन दोस्रो पटक नेपाल भ्रमणमा आएका हुन् ।