सन्धिखर्कमा ३५ पसलहरूबाट झन्डै ५० हजार मुल्यका प्लास्टिककामाला जफत गरि नष्ट

 

-रुद्रमणि भुसाल , अर्घाखाँची ।

कार्तिक १५, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार अनुगमनको क्रममा ३५ पसलहरूबाट झन्डै ५० हजार मुल्यका प्लास्टिकका माला जफत गरि नष्ट गरेको छ ।

No photo description available.

यसअघि नै सन्धिखर्क नगरपालिका क्षेत्रभित्र कुनै पनि प्रकारका कृत्रिम फूल एवम् मालाको उत्पादन , विक्री तथा ओसारपसारमा प्रतिबन्ध लगाएको सूचनाको अटेरी गर्दै कृत्रिम माला राखेर व्यापार गरिरहेको पाईएपछि नगरपालिकाले आज बगैचाँ ,चुत्राबेशी, भक्तीटोला  ,फुतबाङ्ग लगातका बजारबाट ती प्लास्टिकका माला जफत गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।

May be an image of 6 people, train and text

प्लास्टिकजन्य उत्पादनहरूले वातावरणको लागि हानिकारक हुने भएकाले यसलाई निरुत्साहित गर्ने नीति लिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो ।

May be an image of 8 people, temple and text

सम्बन्धी सरोकारवालाहरसँगको संयुक्त बैठकले स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले गरिएको निर्णय कार्यान्वय गर्न अनुगमन तिब्र पारेको अनुगमनटोली प्रमुख मुक्ती खनालले बताउनु भयो ।

images

थप तस्बिर:

May be an image of 6 people, train and text

images

May be an image of 5 people and text

May be an image of 6 people, temple and text

images

May be an image of 6 people and text