‏ليبيا‎ लिबियाको सरकारी सैनिक र सरकारीविरोधी सशस्त्र समूहबीचको युद्ध झन् उत्तेजित,नेटो सैनिकद्वारा हवाई आक्रमण जारी

Libya rebels in Ajdabiyah

 

लिबियाको सरकारी सैनिक र सरकारीविरोधी सशस्त्र समूहबीचको युद्ध झन् उत्तेजित अवस्थामा पुगेको छ । सरकारविरोध सशस्त्र समूहले नेटोको सैनिक हेलिकोप्टरको आक्रमणको समर्थन गर्दै फेरि ठूलो हमला गरेको छ।

                 नेटोको सैनिक हेलिकोप्टरले लिबियाली नेता ओमार मौमर अल गाद्दाफीको जन्मस्थलमा फेरि एकपटक ठूलो परिमाणको हमला गर्नुका साथै सरकारद्बारा नियन्त्रित एकभन्दा बढी राजमार्गमा हवाई आक्रमण गरेको छ। अमेरिका लिबियाको हवाई आक्रमणमा सहभागी हुने बेलायत र फ्रान्सले निरन्तररुपमा आशा गरेका छन् । तर अमेरिकाले सो कुरालाई अस्वीकार गरिरहेको छ।

                फ्रान्सका विदेशमन्त्री अलायिन जुपेले श्री ओमार मौमर अल गाद्दाफीलाई आफ्नो पदबाट हटाउनका लागि सुरक्षा परिषदले एउटा नयाँ निर्णय-प्रस्ताव प्रस्तुत गर्ने आशा गरेको कुरा बताउनुभयो। जर्मनीका अर्थमन्त्री राइने बरुदेर्लेले जर्मनीले श्री ओमार मौमर अल गाद्दाफी)को चार अर्ब दश करोड यूरो वराबरको सम्पत्ति रोक्का गरिएको जानकारी दिनुभयो।