सभासदको श्राद्ध गर्ने राकेशकुमार शर्मा पक्राउ पछि रिहा

– कृष्ण खनाल

 

बुटवल ६ वैशाख ।  संविधान सभाका सभासदहरुको सामुहीक श्राद्ध गर्ने क्रममा बुटवलको मिडीयाचोकबाट आज विहान पक्राउ परेका एक व्यक्ति आजै बेलुका रिहा भएका छन ।

 

 संविधान सभामा  रहेका ६ सय १ सभासदहरुले संविधान निर्माण नगरी भत्ता पचाउने काम मात्र गरेको भन्दै विभिन्न स्थानमा श्राद्ध गर्दे आएका बर्दिया जिल्ला गुलरीया नगरपालीका वार्ड नः ६ का राकेश कुमार शर्मालाई बुटवलको मिडीया चोक बाट मंगलबार विहान प्रहरीले प्रक्राउ गरेको थियो  ।

 

उनले बुटवलको मिडीयाचोकमा व्रह्माण राखेर कार्टुन सहित श्राद्धगरिसकेपछी मंगलवार  विहान ९:३० बजे   पक्राउ परेका शर्मालाई मंगलवारै साझ ५ बजे रिहा गरीएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।