
मिस्रात शहरबाट हटाइएका मानिसहरुमध्येका अधिकाँश घाना, सुडान, इजिप्ट , चाड तथा मोरक्कोका हुन् भने केही लिबियाली शरणार्थी पनि रहेका छन्। हालसम्म अन्य चार हजार जना त्यहाँबाट बाहिर निस्कनका लागि पर्खिरहेका बताइएको छ।
राष्ट्र संघका महासचिव बान कि मुनले हिजो बोल्दै राष्ट्र संघ तथा लिबिया सरकारबीच सम्झौता सम्पन्न भै लिबियामा मानवीय उद्धार गर्ने जानकारी दिनुभयो।



