जनविद्रोहको लाईन समातेका माओवादी प्रचण्डद्वारा संविधानसभाको म्याद सकिन एक महिना मात्र बाँकी हुँदा शान्ति र संविधानलाई बढी महत्व दिनुपर्ने प्रस्ताव

– संविधानसभाको म्याद सकिन केही सातामात्रै बांकी रहंदा माओवादी अध्यक्षले शान्ति र संविधान निर्माणमा जोड दिइएको नयां प्रस्ताव पेश गरेका छन्।


माओवादी पार्टी अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको तात्कालिक सङ्क्रमणकालीन राजनीतिक कार्ययोजना भनिएको प्रस्तावलाई ठेगान लगाउन माओवादी नेताहरुले केन्द्रिय समितिको बैठक बोलाउने निर्णय गरेका छन्।

पाँच महिना अगाडि पालुङ्गटारमा बसेको विस्तारित बैठकपछि उपाध्यक्ष मोहन वैद्य किरणसंगै जनविद्रोहको लाईन समातेका प्रचण्डले संविधानसभाको म्याद सकिन एक महिना मात्र बाँकी हुँदा शान्ति र संविधानलाई बढी महत्व दिनुपर्ने प्रस्ताव पेश गरेका छन्।


जुन कुरा अर्का उपाध्यक्ष बाबुराम भट्टराईको लाईनसंग नजिक रहेको धेरैले ठानेका छन्।


उनको पछिल्लो प्रस्तावको विशेषताबारे पार्टी प्रवक्ता दिनानाथ शर्माले भने,