– कृष्ण खनाल
बुटवल २१ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि वाल कृष्ण खांडले एकिकृत नेकपा माओवादी संग निर्णायण ढगंले कांग्रेस सहमती वा सघंर्षको अवधारणा सहित अघि बढने बताएका छन ।
माओवादी लडाकुको व्यवस्थापन र शान्ति प्रकृया निष्कर्षमा पुगेपछि बल्ल लोकतान्त्रिक संबिधान निमार्ण हुन सक्ने भएकाले कांग्रेसको यो अवधारणा माओवादीले स्वीकार गरे सहमति र सहकार्य गर्न कांग्रेस तयार रहेको उनले बताए । संबिधानको मुलभूत अवधारणा र शान्ति प्रकृयाको बाधक माओवादी लडाकुको व्यबस्थापन या समायोजनका लागि माओवादी गम्भिर नबने नयाँ जनादेशमा जानुको बिकल्प नभएको पनि खांडले औल्याए ।
त्यस्तै बैशाख २३ गते बुटवलमा हुने कांग्रेसको आमसभा लोकतान्त्रिक शक्तिको लेखाजोखा गर्नका लागि भएको भन्दै खांडले आमसभाको माध्यमबाट पार्टीले आत्म मुल्याङ्कन गर्ने पनि बताए । कार्यक्रम युनियनका सचिव बिक्रम खडकाको अध्यक्षतामा भएको थियो । यसैविच आमसभाको तयारीका लागि नेपाली कांग्रेको क्षेत्रीय नगर तथा वडा समितिहरु तरुणदल नेविसघं महिला सघंहरु घरदैलो प्रचार प्रशारका साथै अन्य तयारीमा जुटेको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।