गोरखा क्याम्पस सभापतिमा न्यौपाने

– राजेन्द्र न्यौपाने

 

गोरखा २१ ब्ौशाख । त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ गोरखा क्याम्पस इकाई कमिटि गोरखाको आज सम्पन्न भएको निर्वाचनमा सभापति पदमा सिताराम न्यौपाने निर्वाचित हुनु भएको छ ।

 

यसै गरी समितिका अन्य सदस्यहरुमा उपसभापति दायनीति घिमिरेसचिव पूर्णमान श्रेष्ठ उपसचिव रमेश अधिकारी कोषाध्यक्ष साजय अधिकारी सदस्यहरु समिरा कार्की राजु अर्याल चित्र प्रसाद अधिकारी सुरेन्द्र घिमिरे राजकुमार श्रेष्ठ कृष्ण प्यारा श्रेष्ठ रहनु भएको  गोरखा क्याम्पसबाट निर्वाचन अधिकृत राम शरण बानियाले जानकारी दिनुभयो । 

 
समिति निर्विरोध निर्वाचित गरिएको हो । रासस