काठमाडौँ – काठमाडौँको बालाजु बाइसधारा पार्कमा टाउको काटिएको लाश फेला परेको छ। लाश बाइपास डेरा गरी बस्ने २५ वर्षकी मेनुका खत्रीको भएको खुलेको छ।
खत्रीको स्थायी घर गोरखा घुर्मी वडा नम्बर ७ मा रहेको खुलेको छ। उनका श्रीमान भरत खत्री नेपाली सेनाको क्याभलरीमा सिपाही पोस्टमा कार्यरत छन्।
बालाजु पार्कभित्र रहेको छ कुने टहरोको छेउको ७३ फिट तल खोल्सामा फ्याँकिएको अवस्थामा टाउको बिनाको लाश फेला परेको हो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।



