सेना समायोजन सम्बन्धी मन्त्रिपरिषदको विशेष समितिको डेढ महिनापछि बसेको बैठकमा कुनै ठोस उपलब्धि हुन सकेन


 

– सेना समायोजन सम्बन्धी मन्त्रिपरिषदको विशेष समितिको डेढ महिनापछि बसेको बैठकमा कुनै ठोस उपलब्धि हुन सकेन।

सेना समायोजनका लागि ठोस पहल गर्ने निर्णय सहित एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक करिब एक साता अघि सम्पन्न भएपछि पहिलोपल्ट शुक्रबार बसेको विशेष समिति बैठकमा सो बारे कुनै ठोस प्रस्ताव पेश गरिएन।

करीब डेढ महिनापछि बसेको समितिको बैठकमा प्रधानमन्त्री झलनाथ खनालले कार्यदलको सक्रियता बढाउन निर्देशन दिएका थिए।


तर कार्यदलकै सदस्यहरुले चाहिं समस्या समाधानका लागि शीर्ष तहको राजनीतिक समझदारी अनिवार्य भएको बताएका छन्।


कार्यदलका एकजना सदस्य तथा माओवादी नेता जनार्दन शर्माका अनुसार डेढ महिना अघि बनाइएको कार्यदलका गृहकार्यहरुबाट मतभेदहरु साँघुरिएका छन्।


शर्माले भने,