राष्ट्रिय सहमति कायम नगरी संविधानसभाको म्याद थपिए संविधानसभाबाट राजीनामा दिएर सडक आन्दोलनमा जाने सदभावनाको चेतावनी

काठमाडौं  –  राष्ट्रिय सहमति कायम नगरी संविधानसभाको म्याद थपिए संविधानसभाबाट राजीनामा दिएर सडक आन्दोलनमा जाने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिएका छन् ।

शुक्रवार राजधानीमा आयोजित साक्षात्कारमा महतोले सहमति नगरी संविधानसभाको म्याद थपिए त्यसले शान्ति र संविधान भन्दा पनि सत्ता र भत्ता प्राप्तीको लागि मात्रै काम गर्ने ठोकुवा गरे ।

अध्यक्ष महतोले संविधानसभाको म्याद थप्न जेठ १४ अघि नै शान्ति प्रक्रियालाई पूर्णता दिनेतर्फ लानुपर्ने र संविधानका मूलभूत विषयहरुमा सहमति कायम गर्दै अहिलेसम्म संविधान बन्न नसक्नुको कारण स्पष्ट रुपमा पहिचान गर्नु पर्ने तर्क गरे ।

प्रधानमन्त्रीको राजीनामामात्रै सहमतिको आधार नभएको भन्दै महतोले प्रधानमन्त्रीले सार्वजनिक रुपमा स्पष्टिकरण समेत दिनु पर्ने जिकिर गरे ।