
जेठ १४ गते संविधान जारी नभए देशमा राष्ट्रपति शासन लागू हुने लगायतका विभिन्न आशंकाहरु व्यक्त भइरहेको बेला राष्ट्रपति रामवरण यादवले त्यस्ता आशंकाहरु निराधार रहेको बताएका छन्।
नेपालको अन्तरिम संविधानमा राष्ट्रपति शासनको कुनै व्यवस्था नभएको जनाउँदै राष्ट्रपति रामवरण यादवले आफु संविधानको सीमा बाहिर नजाने बताए।
धनुषा जिल्लामा रहेको पुर्ख्यौली गाउँ सपहीमा सौतेनी आमा सिकवादेवीको दाहसंस्कार गरिएको ठाउंमा सोमबार बिहान सञ्चारकर्मीहरुसित कुरा गर्दै राष्ट्रपति शासनको कुनै संभावना नरहेको उनले प्रष्ट पारेका थिए।
उनले त्यस प्रकारको चिन्ता लिनु बेकार भएको बताए।



