माओवादी आफैं सहभागी सरकारलाई उसको हतियार राखिएको कन्टेनरहरुको साँचो बुझाउन नेपाली कांग्रेसले गरेको आग्रहलाई माओवादीले अस्वीकार गरिदिएपछि वार्ता विफल

हतियार बुझाउने विषयमा कुरा मिल्न नसकेपछि तीन दलका शीर्ष नेताहरुबीचको बिहिबारको बैठकपनि विफल भएको छ।


माओवादी आफैं सहभागी सरकारलाई उसको हतियार राखिएको कन्टेनरहरुको साँचो बुझाउन नेपाली कांग्रेसले गरेको आग्रहलाई माओवादीले अस्वीकार गरिदिएपछि वार्ता विफल भएको छ।


तर नेताहरुले शुक्रबार फेरि बसेर समस्या टुंग्याउने बताएका छन्।


बिहान राष्ट्रपतिसंगको भेटमा सहमति चाँडै गर्ने वाचा गर्दै निस्किएका तीन दलका शीर्ष नेताहरुले दिनभरको बैठकमा कुनै निश्कर्ष निकाल्न सकेनन्।


प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ६ घण्टा बिताएका नेताहरुले तह तहमा आन्तरीक, द्विपक्षीय एवं त्रिपक्षीय कुराकानी गरेका थिए।


अन्तमा कुरा अड्कियो उही सेना र हतियारको विषयमा।


गृह मन्त्री माओवादीकै नेता रहेको बखतमा गृह मन्त्रालयलाई नै साँचो बुझाएपनि स्वीकार्य हुने नेपाली कांग्रेसको भनाइ माओवादीले मानेन।