मनाङ – प्रजातन्त्र सेनानी एवं मनाङ कांग्रेसका संस्थापक नेता
नन्दराम गुरुङको बिहीबार निधन भभएका छन् । मनाङ कांग्रेसका अनुसार जिल्लाको
धारापानी-९ घ्यालान्चोकस्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा उनको निधनको भएको हो ।
२०१५ सालदेखि राजनीतिमा लागेका गुरुङ २०१७, २०३६ र २०४६ सालको आन्दोलनमा सक्रिय
सहभागी भएका थिए । मनाङ कांग्रेसले शुक्रबार वक्तव्य जारी गरी गुरुङको निधनप्रति
शोक प्रकट गरेको छ । वक्तव्यमा गुरुङको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको
उल्लेख गरिएको छ ।



