माओवादी नेतृत्वको दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णय समेत
उस्ले पुरै कार्यान्वयन गर्न नसकेको उदाहरण दिंदै विशेष समितिमा रहेका खासगरी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले सहमतिहरु कार्यान्वय हुनेमा गम्भीर
आशंका व्यक्त गरेका छन्।
तीन महिना भित्र लडाकू समायोजन र व्यवस्थापनका आधारभूत काम सकिने भन्दै
कार्यतालिका सार्वजनिक भएपनि सेना समायोजन विशेष समितिमा रहेका खासगरि माओवादी र
प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरुबीचका मतभेद र असन्तुस्टीहरु शुक्रबार
सार्वजनिक कार्यक्रमहरुमैं सुनिए।
माओवादीले विगतका र पछिल्ला दिनका सहमति पालना नगरेकोप्रति सार्वजनिक रुपमैं
असन्तुष्टी व्यक्त गर्ने कांग्रेस नेताहरु मध्यका एक हुन् विशेष समिति सदस्य, नेता
डाक्टर मीनेन्द्र रिजाल।



