काठमाडौं – नेकपा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रिय सहमतिको सरकार निर्माणमा पहल गर्न सुझाव दिएका छन् ।
बिहीबार साँझ भएको भेटमा आफू पनि सहमति बनेपछिमात्र प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ भन्ने कुरामा स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई पहल गर्न सुझाव दिएका हुन् ।
‘भेटका क्रममा शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने र संविधान निर्माणका बिषयमा छलफल भयो’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘दुवै नेताको चासोमा भेट भएको हो ।’
खनाल प्रधानमन्त्री भएपछि दुई नेताबीच एक्ला



