शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, दलहरुमा पुरानै अडान

संविधान सभाको म्याद दोश्रोपटक थप्न पाँचबुँदे सहमति गरेको तीन
साता पछि आइतबार बसेको तीन प्रमुख दलका शीर्ष नेताहरुको पहिलो बैठक निष्कर्षबिहीन
बनेको छ।

बैठकपछि लडाकु समायोजन र पुनस्थापनाबारे निर्णयमा पुग्न दलहरुले अनौपचारिक
कार्यदल बनाएको भनेका छन्।

तर शीर्ष तहमा कुरा नमिलेपछि कार्यदल बनाउने र कार्यदलको बैठकका असफल
श्रृंखलाहरु पछि फेरि शीर्ष तहकै मुख ताक्ने प्रवृत्ति दलहरुमा देखिँदै आएको छ।

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन माओवादी लडाकुको मोडालीटी, मापदण्ड र संख्या
निश्चित गर्नुपर्ने र त्यो काम शीर्ष तहले मात्र गर्न सक्ने लडाकु व्यवस्थापन
सम्बन्धी विशेष समिति लगायतले बताउँदै आएका छन्।

आइतबारको बैठकमा दलहरुले ति विषयहरुमा पुरानै अडान दोहोर्‍याए।

सँगसँगै माओवादीले आफ्ना लडाकु समायोजनमाथि विशेषज्ञहरुको समिति मार्फत
जानुपर्ने नयाँ प्रस्ताव गर्‍यो जुन खासगरी प्रमुख विपक्षी नेपाली कांग्रेसले
अस्वीकार गर्‍यो।

शीर्ष छलफलमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल भन्छन्,