आन्तरीक विवाद चर्किएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
गृहकार्य गर्न भनेर तीन दिनका लागि स्थगित गराएको केन्द्रिय समितिको बैठक पाँच दिन
वितिसक्दासमेत बस्न नसकेको नेताहरुले जनाएका छन्।
एकातिर पार्टि र सरकारमा जिम्मेवारी हेरफेरबारे उपाध्यक्ष बाबुराम भट्टराईसंग
तथा अर्कातिर ती कुराहरुसहित शान्ति र संविधान निर्माणका सिद्धान्तहरुबारे
उपाध्यक्ष मोहन वैद्य किरणसंगको बेमेल घट्न नसकेपछि बैठक अन्योलमा परेको उनीहरुको
भनाई छ।
दुईजना उपाध्यक्षको बीचमा चेपिएको देखिएका प्रचण्डले सबै कुरामा छलफल गर्न आफु
तयार भएको बताई आएका छन्।
पहिलै कुरा नमिलाई बैठक बोलाएमा झनै गञ्जागोल हुने डर प्रचण्ड पक्षधरमा छ।
त्यसको संकेत गर्दै अध्यक्ष निकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने,



