सन्धिखर्क नगरपालिकामा जनजाति सशक्तिकरण कार्यक्रमको शुभारम्भ (तस्बिर सहित)

 

– सागर परियार , अर्घाखाँची।

सन्धिखर्क, अर्घाखाँची। सन्धिखर्क नगरपालिका अर्घाखाँची महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लक्षित समुदायका लागि जनजाति सशक्तिकरण कार्यक्रम सुरु भएको छ ।

सन्धिखर्क नगरपालिका भित्रमा १ देखी १२ नम्बर वडाका प्रशिक्षर्थी सहभागीहरु भएको तालिममा स्थानीय जनजाति समुदायको आर्थिक, सामाजिक, र सांस्कृतिक उत्थानमा योगदान पु¥याउदै जनजातिहरूलाई सशक्त, आत्मनिर्भर, र सक्षम बनाउने लक्ष्य लिएको शाखा प्रमुख बेलकुमारी परियारले बताउनु भयो  ।

May be an image of 3 people, people studying and people smiling

कार्यक्रम उद्घाटन सन्धिखर्क नगरपालिकाका उपमेयर मिश्रा आर्चायद्वारा गरिएको थियो । स्थानीय जनजातिहरूको हकअधिकार संरक्षण, क्षमता विकास, र उनीहरूलाई स्वरोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमको महत्त्वबारे प्रकाश पार्नुभयो । साथै, महिला, बालबालिका, र जेष्ठ नागरिकको सशक्तिकरणलाई नगरपालिकाले प्राथमिकतामा राखेको पनि बताउनु भयो ।

May be an image of 11 people, dais and text

images

May be an image of 11 people and text

कार्यक्रम सामाजिक विकास समिति संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता उपमेयर मिश्रा आर्चायको प्रमुख अतिथ्यता, प्रमुख प्रशासकिय

images

May be an image of 4 people and lighting

अधिकृत खिमानन्द भुसालको विशिष्ट अतिथ्यता, वडा अध्यक्ष मतिजंग रायमाझी, माधव श्रेष्ठ,शाखा अधिकृत मन्जु खनाल, शिक्षा शाखा प्रमुख मन्जु आर्चाय, पाणिनी बहुमुखी क्याम्पसका सहायक प्रध्यापक तथा प्रशिक्षक सुरज सारु लागायतको उपस्थीति रहेको थियो ।

images

May be an image of 8 people, people studying and text

कार्यक्रम बेलकुमारी परियारको स्वागत मन्तब्य र सहायक महिला निरिक्षक तुलसा श्रेष्ठको सन्चालन रहेको कार्यक्रम दुई दिन सम्म चल्ले बताईएको छ ।

थप तस्बिर : 

May be an image of 3 people, people studying and people smiling

Nepal life insurance

May be an image of 10 people and dais

May be an image of 14 people, people studying and text

May be an image of 8 people and dais

May be an image of 11 people and text