प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखियो : जिल्ला समन्वय प्रमुख काेईराला (तस्बिर सहित )

 

-अनिल नेपाली ,अर्घाखाँची ।

अर्घाखाँची – कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखिएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण काेईरालाले बताउनु भएको छ ।

May be an image of 7 people, people studying and textNepal life insurance

स्थानीय तहका प्रमुख प्रतिनिधि/प्राविधिक र जिल्लास्थित सरोकारवला निकायका प्रमुख प्रतिनिधिहरु बीच कार्यक्रम कार्यान्वयन सम्बन्धी अन्तरक्रिया गोष्ठी कार्यक्रममा मन्तब्य राख्दै प्रमुख काेईरालाले यस्तो बताउनुभएकाे हाे ।

May be an image of 6 people and text

प्रमुख काेईरालाले परियोजनाअन्तर्गत कृषिमा यान्त्रीकरण प्रवद्र्धनका लागि उत्पादनदेखि बजारीकरणसम्म आवश्यक सबै प्रकारका औजार-उपकरणको सहितको सेवा उपलब्ध गराउन सम्बन्धित परियोजना कार्यान्वयन एकाइले महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए ।

अर्घाखाँची जिल्लामा परियोजनाले जिल्लाका विभिन्न पालिकाभित्र परियोजना सञ्चालन गरेको छ । ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको छ ।

May be an image of 11 people and text

कार्यक्रममा जिल्लाकाे समग्र स्थिति परियाेजनाकाे बारेमा परियोजना प्रमुख बिष्णु मगरातीले अनुशिक्षण दिदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चारवटा सम्भावनाहरू मध्ये व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम (जोन) अन्तर्गत आ.व. २०७३/७४ देखि अर्घाखाँची जिल्लामा तरकारी जोन स्थापित भएको हो ।

May be an image of 14 people, people studying and text

यसै गरी आ.व. २०७६/७७ मा बाखा जोन रआ.व. २०७७/७८ मा कफी जोन स्थापना भएको हो। तथापी हावापानीको दृष्टिकोणले जिल्लाका उपयुक्त स्थानमा सुन्तलाजात फलफूल खेतीको समेत क्षेत्रविस्तार लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेको परिवेशमा आ.व. २०८१/८२ देखि सुन्तला जोनको स्थापनासँगै सुन्तला फलफूलसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालनमा आएका छन् ।

May be an image of 13 people

जिल्लामा तरकारी जोन अन्तर्गत नगरपालिका र गाउँपालिकाका २१ वटा वडाहरू, बाखा जोन अन्तर्गत ३८ वटा वडाहरू, कफी जोन अन्तर्गत १४ वटा वडाहरू र सुन्तला जोन अन्तर्गत २६ वडाहरू समावेश गरिएको छ भने यसमा विभिन्न कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्था र निजी कृषि उद्यमी फर्मका कृषकहरूलाई तरकारी बाखा कफी र सुन्तला फलफूलको व्यावसायिक उत्पादन तथा प्रशोधन निमित्त परियोजना कार्यान्वयन एकाइले वार्षिक रूपमा विविध कार्यक्रमहरू सञ्चालन गदै आएको मगरातीले बताए ।

May be an image of 7 people and text

कार्यक्रममा जिल्लामा ४३५ वटाले अनुदानको लागि माग गरेकोमा फिल्ड भिजिटकाे आधारमा ४३५ वटालाई प्रत्रिया अगाडि बढाएता पनि केहीले अझै पनि सम्झौता अनुसार काम नगरेको बताए ।

कार्यक्रममा मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पाेखेल , पत्रकार प्रेमनारायण आचार्य , गाेपाल भट्टराई लगायत गाउँपालिका र नगरपालिका शाखाका प्रमुख लगायतले मन्तब्य राख्नु भएको थियोे।

May be an image of 9 people and text

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका स्थानीय सरकारका प्रमुख उप प्रमुख उपाध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृत शाखा प्रमुख जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सञ्चारकर्मी लगायत कृषककाे उल्लेखनीय सहभागीता रहेको थियो कार्यक्रमकाे सञ्चालन कमप्युटर अपरेटर भगवता चाैहानले गनु भएको थियोे।

 

Nepal life insurance

अन्य समाचारहरु