
काठमाडौं, नेपाल – नेपालमा पुर्व बिद्रोही संगठन माओवादी सहभागी गठबन्धन सरकारले आर्थिक वृद्धिदर ५ प्रतिशत हासिल गर्ने लक्ष्यका साथ शुक्रबार आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गरेको छ ।
राजधानी काठमाडौंबाट प्रकासित हुने संचारमाध्यम एवम अन्लाईन ईन्टरनेटमा जनाइए अनुसार आर्थिक वर्ष २०६८/६९ मा चालूतर्फ २ खर्ब ६६ अर्ब ६१ करोडसहित कुल ३ खर्ब ८४ अर्ब
९० करोड रुपैयाँको आय-व्यय विवरण देशका उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले
सार्वजनिक गरेका हुन् ।
यसैगरी मन्त्रालयले ७२ अर्ब ६१ करोड पुँजीगत र वित्तीय व्यवस्थाअन्तर्गत २५ अर्ब ७२
करोड विनियोजन गरेको छ । प्रस्तावित खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको
तलुनामा २५.६७ प्रतिशतले बढी छ ।
कूल विनियोजन मध्ये विकास कार्यक्रमका लागि रु. २०२ अर्व ५६ करोड अर्थात, ५२.६२
प्रतिशत र साधारण प्रशासन तर्फ रु. १८२ अर्व ३४ करोड अर्थात ४७.३८ प्रतिशत प्रस्ताव
गरिएको छ ।
यसैक्रममा खर्च जुटाउने स्रोतका रूपमा राजस्वबाट २ खर्ब ४१ अर्ब, वैदेशिक अनुदानबाट ७०
अर्ब १३ करोड र वैदेशिक ऋणबाट २९ अर्ब ६५ करोड रुपैयाँ उठाउने योजना सरकारको छ ।
त्यो सबै गर्दा पनि न्यून हुने ३७ अर्ब ४१ करोड रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति गरिने
छ ।
मूल्य वृद्धिदर ७ प्रतिशतमै सीमित गर्ने महत्त्वाकांक्षी योजना सरकारको छ ।
साथै क्षेत्रगत विनियोजनतर्फ शिक्षामा सबैभन्दा बढी ६३ अर्ब ९१ करोड, भौतिक योजना/सडक
व्यवस्थापनमा ३७ अर्ब १६ करोड, सामाजिक सुरक्षामा ११ अर्ब ३४ करोड, रक्षामा २०
अर्ब र प्रहरीका लागि १८ अर्ब ६४ करोड छुट्याइएको स्रोतले बतायो । खानेपानीमा ९
अर्ब रुपैयाँ छुट्याइएको छ ।
यसैगरी चालू वर्षको भन्दा ऊर्जा क्षेत्रमा १० अर्ब रुपैयाँ बढी छ । ऊर्जातर्फ ८ अर्ब
रुपैयाँ चुक्ता पुँजी रहने गरी जलविद्युत् विकास कम्पनी स्थापना गरिने छ । यसलाई ५
अर्ब रुपैयाँ छुट्याइएको छ ।
यसैक्रममा बजेटमा उच्च तहका कर्मचारीलाई ३१ र निम्न तहका लागि ४२ दशमलव ८६ प्रतिशत
तलबवृद्धि प्रस्ताव गरिएको छ । ‘हालको महंगीलाई समेत दृष्टिगत गरी निजामती, जंगी,
प्रहरी, शिक्षक लगायतका राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राखी सदाचार
प्रवर्द्धन गर्न नेपाल सरकारको मुख्य सचिवको संयोजकत्वमा गठित समितिको सिफारिस
समेतका आधारमा वर्तमान तलवमानमा ३०.३९ प्रतिशत देखि ४२.८६ प्रतिशतसम्म बृद्धि गरेको
छु,’ बजेट बक्तब्यमा भनिएको छ, ‘हालको महंगीभत्तालाई तलबमा गाभिएको छ ।’
साथै बजेटमा निजामती कर्मचारीहरुको स्वास्थ्य वीमा कार्यक्रम आगामी आर्थिक वर्षदेखि
आरम्भ गरिने उल्लेख छ ।



