
काभ्रे – काभ्रेको रविओपी वडा नं. ५ मा शनिबार साँझ बा २ ख ३३०३ नम्बरको यात्रुबाहक
दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ ।
साँझ साढे ५ बजे भएको दुर्घटनामा बस चालक पाँचखाल तीनपिप्लेका क्याप्टेन भनिने
टोकबहादुर लामा र रविओपीकी पवित्रा गिरीको घटनास्थलमै मृत्यु भएको हो । यस्तै
पाल्पाबाट माइती आएकी जानुका कोइराला अस्पतालमा पुर्याएपछि मृत्यु मृत्यु भएको छ ।
अस्पतालमै मृत्यु भएका एक जनाको परिचय खुलेको छैन ।

दुर्घटनामा ४८ जना घाइते भएका छन् । बनेपाबाट रविओपीका लागि छुटेको बस अध्यधिक
यात्रु बोकेका कारण दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ
। घाइतेहरुको धुलिखेल र बनेपा अस्पतालमा भइरहेको छ ।




