



-गोपाल प्रसाद भट्टराई
बैशाख–१६,अर्घाखाँची
अर्घाखाँचीका २० जना उद्यमी तथा व्यवसायीहरुले ५ जिल्लाको अवलोकन भ्रमण गरेका छन् ।

उद्यमीहरुको व्यवसायीक क्षमता विकास र सफलता होस् भन्ने उदेश्यका साथ घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले ३ दिने उद्यमी एक्सपोजर भिजिट गराएको हो ।

घरेलुमा दर्ता भई सेवा संचालन गरेका व्यवसायी तथा उद्यमीहरुले अन्तर जिल्लाको व्यवसायीक सिप सिकेर व्यवसायिक दक्षता र थप सफलता हाँसिल गर्न सकुन भन्ने उदेश्यले यस्तो भ्रमण गराइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले बताउनुभएको छ ।

अर्घाखाँचीमा संचालित होटल, सिलाई÷बुनाई, ब्युटिशियन र उत्पादनमुलक लघु उद्यमबाट प्रतिनिधित्व गर्दै सहभागि भएका २० जनालाई विभिन्न ५ जिल्लामा भ्रमण गराइएको घरेलुका प्रमुख न्यौपानेको भनाई छ ।

बैशाख १२ देखि १४ गतेसम्म प्युठान, दाङ, बाँके, बर्दिया र कैलालीमा रहेका विभिन्न व्यवसाय, उद्यमहरुको साथै पर्यटकिय क्षेत्रहरुको समेत अवलोकन गराइएको घरेलुले जनाएको छ ।







