एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति
र संविधानलाई माओवादीले पहिलो प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरेका छन्।
संकटको दलदलमा फसेको आफ्नो पार्टीमा देखिएका गंभीर मतभेदहरु सम्हाल्ने कोशिशमा
केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले शान्ति र संविधानलाई
प्राथमिकतामा राखेको माओवादी नेताहरुले जनाएका छन्।
उनको विरुद्ध मोर्चाबन्दी गर्दै कार्यविभाजनको मुद्दालाई जोडतोडले उठाइरहेका
माओवादी नेताहरुले भने प्याकेजमै सहमति गरिनुपर्ने अडान राखेका छन्।
आपसी कुरा मिल्नुको सट्टा विग्रँदै गएपछि झण्डै एक महिनादेखि पर सर्दै आएको
केन्द्रीय समितिको बैठक बल्ल तल्ल आइतबार बसेको थियो।
प्रतिवेदनमा सोमबारदेखि छलफल गर्ने एकमात्र निर्णय गरेर पन्ध्र मिनेटमै बैठक
टुंगिएको थियो।
माओवादी प्रवक्ता दिननाथ शर्मा भन्छन्,



