नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो (तस्बिर सहित )

 Nepal Life

अनिल नेपाली , अर्घाखाँची ।

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष राम बहादुर चाैहानकाे नेतृत्वमा निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई भेटी ज्ञापनपत्र बुझाएको हाे।

Nepal life insurance

ज्ञापनपत्रमा एकीकृत समाजवादीले अपमानपूर्ण इतिहास बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको उल्लेख गदै आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भएको समेत पत्रमा व्यक्त गरेको छ।

May be an image of 8 people

पार्टीले समयको मागलाई दृष्टिगत गर्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ विभिन्न बुँदामा प्रस्ताव अगाडि सारेको अध्यक्ष राम बहादुर चाैहान बताउनुभएको छ अध्यक्ष चाैहानले एकीकृत समाजवादीले बुझाएको पत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन, सामाजिक, विदेश नीति, प्रवासी श्रमिक र गैरआवासीय नेपालीलगायतका शिर्षकमा विभिन्न माग राखिएको छ।

May be an image of 9 people

images

एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग राखेको छ भने शासकीय स्वरूप, सङ्घीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरवलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ।

images

May be an image of 4 people and text

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले पार्टीले उठाएका समय सबद्व भएकोले यिनी मागलाई जस्ताको तस्तै पठाउने प्रतिवद्वता जनाउनु भएको थियोे।

images

May be an image of 4 people

ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष नारायण शर्मा , युवराज पाैडेल सचिव हृदय कुमार भुसाल लगायतका नेता कार्यकर्ताकाे सहभागीता रहेको थियोे।

 

Nepal life insurance

Nepal life insurance