गुलरियामा अदालतले नाबालिकामाथि जबर्जस्ती यौन दुर्व्यवहार गर्नेलाई २५ वर्ष कैद फैसला

गुलरिया  – गुलरियामा जिल्ला अदालतले यौन दुर्व्यवहार गर्ने एक जनालाई २५ वर्ष कैद
फैसला सुनाएको छ ।

कालिका गाविस-५ का हरिकृष्ण भुजेललाई बलात्कार, हाडनाता करणी र
नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको हो । जबर्जस्ती
करणी मुद्दामा १० वर्ष, नाबालिका करणीमा ५ वर्ष र हाडनातामा १० वर्ष गरी २५ वर्षे
सजाय तोकिएको अदालतका श्रेस्तेदार सूर्यप्रसाद रेग्मीले बताए ।

जिल्ला न्यायाधीश
राधाकृष्ण उप्रेतीको इजलासले उक्त फैसला गरेको हो । अदालतका अनुसार बलात्कार
अभियोगमा अरू व्यक्ति पनि सजाय भोगिरहेका छन् । शालिग्राम दमाईले बलात्कारको
अभियोगमा ८ वर्ष कैद सजाय भोगिरहेका छन् । उनलाई एक नाबालिकामाथि जबर्जस्ती करणी
अभियोग लागेको थियो । उनी जस्तै प्रेमबहादुर चौधरी र तुलबहादुर घर्ती मगरलाई पनि
अदालतले एक महिनाअघि ६ वर्षे कैदको फैसला सुनाएको छ ।

अन्य समाचारहरु